
रुपन्देही, ४ पुस । नेपाल जेसिजको ४७ औँ राष्ट्रिय महाधिवेशन पश्चात् पहिलो कार्यक्रम प्रस्तावित तिनाउ जेसिजले महाधिवेशन स्थल सरसफाइ गरेको छ ।
पुस १ देखि रुपन्देहीको भलवारीमा सुरु भएको नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेसन शुक्रबार राती भएको सम्पन्न भएको थियो ।
महाधिवेशनमा प्रयोग गरिएका प्रचार समाग्रीका कारण महाधिवेशन स्थल बाहिर मुख्य सडकमा फोहर भएको देखेपछि प्रस्तावित तिनाउ जेसिज सरसफाई गरेको हो ।
तिनाउ जेसिज ४७ औं राष्ट्रिय महाधिवेसन मार्फतनै प्रस्तावित भएको थियो। रुपन्देहीको ओमसतिया गाउपालिका कार्यक्षेत्र बनाएर स्थपना भएको जेसिजले शाखा प्रस्तावित भएपछि आफ्नो पहिलो कार्यक्रम स्वरुप महाधिवेशन स्थल सरसफाई गरेको जानकारी संस्थाका अध्यक्ष बिदुर पौडेलले दिए ।
सरसफाई कार्यक्रममा वर्ष २०२१ का लागि नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषालको प्रमुख आतिथ्ता रहेको थियो भने विशिष्ट अतिथिमा वर्ष २०२१ का लागि नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष विमल ज्ञवालीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मातृशाखाका अध्यक्ष चिरन्जिवि बस्याल , महाधिवेशन निर्देशक प्रकास पोखरेल ,कपिलवस्तु जेसिजका अध्यक्ष मनोज खत्री, कोहलपुर जेसिजका अध्यक्ष सङ्गम खनाल , कन्चन जेसिजका अध्यक्ष बाबुराम पौडेल, सौरहा जेसिजका अध्यक्ष ठाकुर प्रसाद भन्डारि,सौरहा लेडि जेसिजका अध्यक्ष सरस्वती सेडाइ, सैनामैना जेसिजका अध्यक्ष सिता क्षेत्री लगायतले मन्तव्य राख्नुभयो । कार्यक्रममा सोहि शाखाका माधव सिङ ठकुरि, आयुश पौडेल, अमर पाठक , सन्तोश थापाको उपस्थिति रेहेको थियो ।
कार्यक्रम तिनाउ जेसिजका सदस्य प्रतिक पौडेलको संयोजनमा भएको हो ।















प्रतिक्रिया