१० कार्तिक २०८३, मंगलबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, ४ पुस । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका ३ मोहननगर टोल बस्ने ४२ वर्षीय राजकुमार सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजकुमारले आफ्नै श्रीमती ३७ वर्षीया देवा सार्कीलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएकोमा उपचारको क्रममा देवाको मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।