
काठमाडौँ, ४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच दुई बुँदे सहमति भएको छ ।
शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दुई पार्टीबीच भएको छलफलमा दुई बुँदे समझदारी भएको हो ।
काँग्रेस नेता मिनेन्द्र रिजालले दुई पार्टीबीच तत्काल संसद बैठक बोलाउन माग गर्ने र संसदमा भएको विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको जनाए ।
तत्काल संसद बैठक बोलाउन माग गर्नेबारे अन्य विपक्षी दलहरुसँग छलफल गर्ने निर्णय भएको नेता रिजालले बताए ।















प्रतिक्रिया