
नेपालगञ्ज, ४ पुस । ४४ ग्राम भन्दा बढी ब्राउन सुगरसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडीका ४५ वर्षीय इन्द्रमणि गौतमलाई ४४ ग्राम ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
कोहलपुर–११ एनटीभी रोडबाट पक्राउ परेका उनी यसअघि पनि जाजरकोटमा लागू औषध चरेस मुद्दामा पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।
उनको साथबाट प्रहरीले लागू औषध तौल गर्ने सानो डिजिटल मेसिनसमेत बरामद गरेको छ ।















प्रतिक्रिया