
काठमाडौँ, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनको निवास खुमलटार पुगेर भेटेका छन् ।
शनिबार विहान प्रधानमन्त्री ओली प्रचण्ड निवास पुगेर प्रचण्डलाई सहमतिमा आउन आग्रह गरेका हुन् । ओलीले आफूविरूद्धको आरोपपत्र फिर्ता लिन आग्रह गर्दै प्रचण्डलाई सहमतिमा आउन आग्रह गरेका हुन् ।
जवाफमा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई बलियो बनाउन आफूले राजनीतिक प्रस्ताव ल्याएको बताउँदै फिर्ता नलिने आफ्नो पुरानो अडान दोहोर्याएका छन् ।
छलफलमा अन्य कुनै नयाँ कुरा नभएको खुमलटार स्रोतले जनाएको छ ।
उनीहरुबीच करिब एक घण्टा छलफल चलेको थियो । त्यसपछि पार्टी उपाध्यक्ष वामदेव गौतम र नेता माधवकुमार नेपाल पनि उपस्थित भएका थिए ।















प्रतिक्रिया