१० कार्तिक २०८३, मंगलबार

प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री थापालाई भेट्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री राम बहादुर थापा बादललाई भेट्न पुल्चोक पुगेका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर प्रधानमन्त्री ओली गृहमन्त्री तथा नेकपा सचिवालय थापालाई भेट्न गएका हुन् ।

नेकपा भित्रको विवाद चुलिएपछि नेताहरुको सक्रियता बढेको छ ।

शनिबार विहानै प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डसँग भेट्न खुमलटार पुगेका थिए । त्यसपछि पार्टी उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए भने केहीबेरपछि नेता माधवकुमार नेपाल पनि पुगेका थिए ।

दोस्रो तहका नेताहरुले पनि पार्टी भित्रको समाधानका लागि प्रयास गरिरहेका छन् । अध्यक्षद्वयले पनि वार्तालाई प्राथामिकतामा राखेर अघि बढ्ने सहमति जनाइरहेका छन् ।