
काठमाडौँ, ४ पुस । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतम पनि पुगेका छन् ।
दुई अध्यक्षबीच भइरहेको वार्तामा उपाध्यक्ष गौतम प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेको केहीबेरेपछि गौतम पनि वार्तामा सहभागी हुन पुगेका हुन् ।
पार्टी भित्रको विवाद मिलाउन नेताहरुको सक्रियता बढेको छ । आजको वार्तालाई निकै महत्वका साथ हेरिएको छ ।















प्रतिक्रिया