
काठमाडौं, ४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार जाने तयारीमा छन् ।
स्रोतका अनुसार ओली अहिले १० बजे प्रचण्ड निवास खुमलटार जाने छन् । पार्टीमा विवाद बढेका बेला ओली प्रचण्डलाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टीभित्रको विवाद समाधानबारे यसअघि हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ । यसअघि बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।
नेकपा स्थायी कमिटीको अर्को बैठक भोलि बस्ने छ । यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्ने छ ।















प्रतिक्रिया