२ कार्तिक २०८३, सोमबार

चीनले सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप खुला गर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, ४ पुस । चीनले सर्वसाधारणका लागि कोभिड-१९ विरुद्धको खोप छिट्टै खुला गर्ने तयारी गरेको छ ।

केही हप्ताभित्रै सर्वसाधारणका लागि खोप खुला गर्ने तयारी भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि कोरोनाको खोप कार्यक्रम सञ्चालन गर्नेछ । तर केन्द्र सरकारले यसबारे अझै स्वीकृति भने दिइसकेको छैन ।

चीनमा सुरुमा उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ । चीनले विकास गरेका विभिन्न पाँच वटा कोरोना भाइरस विरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् ।

अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । चीनमा गएको वर्ष कोरोना भाइरस भेटिएको थियो ।