३० आश्विन २०८३, शुक्रबार

विकासका लागि आवधिक योजना आवश्यक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १३ चैत । आवधिक योजनाको अभावमा चितवन जिल्लामा व्यवस्थित ढङ्गबाट विकासका काम हुन नसकेको बताइएको छ ।

जिल्ला विकास समिति चितवनले आउँदो आर्थिक वर्षबाट लागु हुने गरी निर्माण गर्न लागेको आवधिक योजनाको लागि बिहीबारदेखि यहाँ सुरु भएको जिल्लास्तरीय छलफल कार्यक्रममा जिल्लास्थित दलका प्रमुखहरुले सङ्गठित विकासका लागि आवधिक योजना आवश्यक भएकामा जोड दिएका छन् ।

जिल्ला विकास समिति, नगरपालिका, सामुदायिक वन, गैर सरकारी संस्थालगायतले करोडौ रकम खर्च गरी विकासका काम गर्ने भए पनि आवधिक योजनाको अभावमा दीर्घकालीनरुपमा विकासका काम हुन सकेका छैनन् ।

स्थानीय निकाय जनप्रतिनिधिको अभावमा आवधिक योजनाबिनानै गरिएका काम दिगो हुन नसकेको नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङको भनाइ छ ।

नेकपा (एमाले) चितवनका अध्यक्ष जगनाथ थपलियाले विगतमा बनेका सबैखाले योजनाले निरन्तरता नपाएको भन्दै स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा आवश्यक परेको स्थानमा टालटुले काम मात्र हुँदै आएको बताउनुभयो ।

जिल्ला विकास समितिले इलाकास्तरबाट उठेका मागलाई जिल्लास्थित राजनीतिक दलका प्रमुख, उद्योगी व्यवसायी, सरोकारवाला कार्यालयका प्रमुखलगायतसँग छलफल सुरु गरेको हो ।