
काठमाडौं, ३ पुस । विश्वका १०० जना उत्तृष्ट नर्स तथा मिडवाइफ (सुँडेनी) हरूको सूचीमा नेपालका पनि चार जना महिला छनोट भएका छन् ।
नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा तयार पारेको सूचीमा नेपालकी प्रसंसा बूढा लामा, रुकुमणी त्रिपाठी, शुष्मा योञ्जन, र दुर्गा सापकोटालाई छनोट गरेको हो ।
अन्तर्राष्ट्रिय नर्स तथा मिडवाइफ वर्ष मनाइरहँदा विश्व कोभिड–१९ को महामारीसँग जुधिरहेको अवस्थामा नर्स तथा मिडवाइफहरु सम्मानका पात्र रहेको र उनीहरुको सम्मानमा ताली मात्र काफी नभएको इयर अफ नर्स एण्ड मिडवाइको आधिकारिक वेवसाइटमा भनिएको छ ।
ुपीपीइको अभाव, सहयोगको कमी, अफ्ठ्यारा अनिश्चयताका बीचमा पनि यी महिलाहरुले विरामीहरुको हेरचाहमा अग्रपंक्तिमा रहेर काम गरेका छन् । उनीहरुले विश्वका लाखौं नर्स तथा सुँडेनीहरुको प्रतिनिधित्व गर्दछन्, वेवसाइटमा भनिएको छ ।
गत मार्चमा विभिन्न आठ वटा श्रेणीहरुमा आधारित रहेर विश्वभरबाट आवेदन खुला गरिएको थियो । विविधता, सार्वजनिक नीति, नवीनता विज्ञान र स्वास्थ्य, मानव पुँजी विकास, प्राथमिक स्वास्थ सेवा, नेतृत्व तथा व्यवस्थापन, कम्युनिटी हिरो, युवा नर्स तथा मिडवाइफ लिडरमा आवेदन खुला गरिएको थियो ।
जसमध्ये तीन जना कम्युनिटी हिरो तथा एक जना प्राथमिक स्वास्थ्य स्याहारका लागि छनोटमा परेका हुन् ।















प्रतिक्रिया