३ कार्तिक २०८३, मंगलबार

नेपालमा २ लाख ४१ हजार जनाभन्दा बढीले जिते कोरोना संक्रमण, संक्रमित कति ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपालमा कोरोना भाइरसको संक्रमण देखिए यता हालसम्म २ लाख ४१ हजार जना भन्दा बढीले संक्रमण जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार २९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या संख्या २ लाख ४१ हजार ३९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८२ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ५ हजार ७०६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५२ हजार ४७४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ६१ हजार ४३० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९ हजार ३१७ जना आइसोलेसन र ४२७ जना क्वारेन्टिनमा छन् ।