
काठमाडौँ, ३ पुस । आन्दोलनरत पीडित उखु किसानलाई भेट्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट माइतीघर मण्डला पुगेका छन् ।
दुई पटक वार्तामा बोलाउँदा किसानहरु नआएपछि मन्त्री आफैँ उनीहरुलाई भेट्न पुगेका हुन् ।
आन्दोलन गरिरहेका किसानलाई भेटेर मन्त्री भट्टले आफू किसानको साथमा रहेको आश्वासन दिएका छन् ।
आफ्नो रकम भुक्तानी नपाएको भन्दै किसानहरुले काठमाडौँमा आन्दोलन गरिरहेका छन् ।















प्रतिक्रिया