३ कार्तिक २०८३, मंगलबार

कटुवा पेस्तोल र गोलीसहित शाह पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ पुस । रौतहटमा पेस्तो र गोलीसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका–५ झाजपुलबाट १ थान कटुवा पेस्तोल र थ्रिनटथ्री राईफलको १ राउण्ड गोलीसहित यमुनामाई गाउँपालिका–४ का २५ वर्षीय दिलिप शाहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बीआर ३० एम ४८४१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक शाहले कम्मरमा राखेको अवस्थामा उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।