३ कार्तिक २०८३, मंगलबार

सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । साताको अन्तिम दिन आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य बढेर आज शुक्रबार ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि तेजाबी सुनको मूल्य ९३ हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।