३ कार्तिक २०८३, मंगलबार

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्षको डिसेम्बर १८ को दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने गरेको छ । त्यसलाई समर्थन गर्दै नेपालले पनि हरेक वर्षको डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमहरु गरेर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आइरहेको छ ।

यो वर्ष भने कोभिड सङ्क्रमण जोखिमका कारण अघिल्लो वर्षमा जस्तो कार्यक्रम राखिएको छैन । कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर सवै सुरक्षित हुने गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउनुपर्ने परिस्थिति सिर्जना भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आप्रवासीहरुमाथि हुने विभेदलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघबाट सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका पारिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित भएको थियो ।

यो महासन्धि सन् २००३ जुलाई १ देखि लागू गरेपछि आजकै दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउन थालिएको हो ।