१० कार्तिक २०८३, मंगलबार

रौतहटमा कटुवा पेस्तोलसहित साह पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ पुस । रौतहट जिल्लामा कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित दिलिप साह पक्राउ परेका छन् ।

प्रहरीले यमुनामाई गाउँपालिका ४ वस्ने २५ वर्षीय साहलाई बिहीबार साँझ कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको अधारमा खटिएको प्रहरी गस्ती टोलीले दुर्गाभगवती गाउँपालिका ५ झाँजपुल स्थित चेकजाँच गर्ने क्रममा साहलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो ।

बी आर ३० एम ४८४१ नम्बरको भारतीय मोटरसाईकलमा सवार साहले कम्मरमा लुकाइ राखेको अवस्थामा अवस्थामा थ्री फिफटि कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।