मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टरसँग सेफिल्ड पराजित

दैनिक नेपाल २०७७ पुष ३ गते ७:५१

लण्डन, ३ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेको लेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ ।

अंक तालिकामा लेस्टर सिटीको १३ खेलबाट २४ अंक छ । म्यानचेस्टर युनाइटेड १२ खेलमा २३ अंकका साथ छैठौं स्थानमा छ । सेफिल्ड युनाइटेड भने पुछारमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टोन भिल्ला र बर्नलीले बराबरी खेलेका छन् । दुवै टिमले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित