१० कार्तिक २०८३, मंगलबार

भन्सार छली ल्याएको करिब १४ लाखको कपडा बरामद

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रुपन्देही, २ पुस । प्रहरीले रुपन्देहीमा भन्सार छलेर ल्याइएको १४ लाख बराबरको कपडालगायत सामाग्री बरामद गरेको छ ।

तिलोतमा नगरपालिका १ शान्तिनगर चौपारीस्थित दिनानाथ खनालको घर भाडामा लिई बस्ने रहमद खानको कोठामा भन्सार छलि ल्याई राखेको करिब १४ लाख रुपैयाँ बराबरको कपडाहरु र काठ टल्काउन प्रयोग हुने कच्चा पदार्थ गएराति प्रहरीले बरामद गरेको हो ।

रहमद खानले भन्सार छली गरी सामान ल्याई लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

हाल फरार रहमदको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।