३ कार्तिक २०८३, मंगलबार

संवैधानिक परिषद्को बैठक बोलाईनु प्रधानमन्त्रीको बल मिच्याई हो : कोईराला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनु बलमिच्याइँ भएको बताएका छन् ।

चौतर्फी विरोध भइरहेका बेला नयाँ अध्यादेशमा टेकेर बोलाइएको बैठक कांग्रेसलाई मान्य नहुने बताउँदै उनले कांग्रेसको कुनै सहभागिता नरहने पनि स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले बिहीबार साँझ साढे ५ बजेका लागि उक्त बैठक आह्वान गरेसँगै नेता कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

केही बेरअघि उनले ट्विटरमा लेखेका छन्, ‘चौतर्फी विरोध हुँदाहुदै पनी नयाँ अध्यादेशमा टेकेर संवैधानिक परिषदको बैठक बोलाईनु प्रधानमन्त्रीको बल मिच्याई हो । आज बस्ने परिषद बैठकले गर्ने कुनै पनि नियुक्ती र निर्णय कांग्रेस पार्टीलाई मान्ने हुने छैन ।’

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुग्यो ।

तर, सोही दिन बेलुका अध्यादेशपछि नयाँ बैठक बस्यो । उक्त बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्टि«य सभा अध्यक्ष रहेका थिए । प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख दुवैको सहभागिता त्यसमा रहेन ।

त्यसपछि बुधबार सत्तारुढ दलका पुष्पकमल दाहाल र माधव नेपाल पक्षधरले राष्टपतिसँग विशेष अधिवेशन माग गरेपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्ने र दाहाल, नेपालले संसद अधिवेशनको माग फिर्ता गर्ने सहमति भएको थियो ।

तर, बिहीबार परिषद् बैठक बोलाएपछि त्यो सहमतिमा समेत प्रश्न उठेको छ ।