
काठमाडौँ, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
वुधबार भएको सहमतिअनुसार अध्यादेश फिर्ता लिने तय भएको थियो । अध्यादेश फिर्ता लिन मन्त्रिपरिषदको सिफारिसमा नयाँ अध्यादेश जारी गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री ओलीले साँझ ६ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । यद्यपि त्यसअघि नै संवैधानिक परिषदको बैठक पनि बोलाइएका कारण अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका स्रोतले जनाएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ता तथा संवैधानिक परिषदको बैठक किन बोलाइएको बारेमा छलफल गर्ने बताइएको छ ।















प्रतिक्रिया