३ कार्तिक २०८३, मंगलबार

काठमाडौं–दिल्ली उडान शुरू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । आज बिहीबारदेखि काठमाडौं–दिल्ली नियमित उडान शुरू भएको छ ।

गत चैतयता कोभिड–१९ का कारण प्रभावित हुँदै आएको नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः सञ्चालनमा आएको हो ।

बिहीबार बिहान सवा ११ बजे नेपाल एयरलाइन्सको ए–३२० न्यारोबडी जहाजबाट औपचारिक रुपमा नियमित उडानको शुरुवात गरिएको हो ।

सवा ११ बजे काठमाडौंबाट दिल्ली उडेको जहाजले आजै दिउँसो २ बजे दिल्लीबाट काठमाडौं फ्लाइट गर्ने छ ।

बिहीबारबाट नियमित उडान शुरु गरेको निगमले यात्रुको चापसँगै ठूलो जहाज समेत उडाउने तयारी गरेको छ । सरकारले गत भदौबाट अन्तराष्ट्रिय उडान खुला गरे पनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।