३ कार्तिक २०८३, मंगलबार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याले बनायो अर्को नयाँ रेकर्ड

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याले पुनः अर्को नयाँ रेकर्ड बनाएको छ ।

संसारभर दोस्रो लहरको संक्रमण तीव्र बन्दै जाँदा मृतकको संख्याले नयाँ रेकर्ड बताएको हो । बिहीबार बिहानसम्म पछिल्लो २४ घण्टामा विश्वभर १३ हजार १५९ संक्रमितको मृत्यु भएको छ ।

एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि एकैदिन १३ हजार संक्रमितको मृत्यु भएको रेकर्ड छैन ।

चीनको वुहानबाट सुरू भएको भनिएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

मृतकको थप संख्यासँगै हालसम्म कोरोना संक्रमणबाट विश्वभर १६ लाख ५४ हजार ६२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ८२ हजार ५०९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै विश्वभर कुल संक्रमितको संख्या ७ करोड ४४ लाख ८२ हजार ४१६ पुगेको छ ।

यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख १३ हजार ८७२ पुगेको छ । यसमध्ये १ लाख ७ हजार २३४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

हालसम्म ५ करोड २३ लाख १४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।