२ कार्तिक २०८३, सोमबार

क्रिसमस र अंग्रेजी नयाँ वर्ष मनाउन डब्ल्यूएचओको नयाँ मापदण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा अनिवार्य मास्क लगाउन आह्वान गरेको छ । सङ्गठनले नयाँ वर्ष सन् २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरेको छ ।

नयाँ वर्ष र क्रिसमस मनाउने क्रममा सामान्य हेलचेक्रयाइँ गरियो भने युरोपभरि नै कोरोना भाइरसको महामारी अझ बढ्ने खतरा भएको भन्दै डब्ल्यूएचओले सचेत गराएको छ । डब्ल्यूएचओले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुन सक्ने उल्लेख गरेको छ ।

उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनुपर्ने र सँगसगै काम गर्नुपर्नेतर्फ पनि सङ्गठनले सबैको ध्यानाकर्षण गराएको छ । हरेक व्यक्ति–व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा सङ्गठनले जोड दिएको छ ।