२ कार्तिक २०८३, सोमबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग टोटेनहम पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ पुस । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा टोटेनहमलाई २–१ ले हराएर लिभरपुल शीर्षस्थानमा पुगेको हो । साविक विजेता लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे । टोटेनहमका ह्युङ मिन सनले गोल गरे । लिभरपुलसँग हारेको टोटेनहमको ११औं खेलमा अपराजित यात्रा टुङिगएको छ ।

जितपछि शीर्षस्थानमा रहेको लिभरपुलको २८ अंक छ । हारपछि दोस्रो स्थानमा झरेको टोटेनहमको २५ अंक छ ।