१० कार्तिक २०८३, मंगलबार

भीम रावललाई प्रधानमन्त्रीको प्रश्नः कसको अनुमति लिएर शीतलनिवास जानुभयाे ?

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता तथा सांसद भीम रावललाई कसको अनुमति लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले वुधबार साँझ टेलिफोन गरेर नेता रावललाई त्यस्तो प्रश्न गरेका हुन् ।

नेता रावलले शीतलनिवास जान कसैको अनुमति लिइरहनु नपर्ने बताएका थिए ।

वुधबार दिउँसो नेकपाका केही सांसदको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेता रावल र पम्फा भुसाल शीतलनिवास गएका थिए ।

मंगलबार जारी भएको अध्यादेशले पार्टीभित्र खैलबैला मच्चिएको थियो । तर वुधबार अध्यादेश फिर्ता गर्ने निर्णय भएपछि पार्टीको विवाद पनि समाधान हुनेतर्फ नेताहरु आशावादी देखिएका छन् ।