१० कार्तिक २०८३, मंगलबार

६६ राउण्ड गोलीलगायत विभिन्न हातहतियार सहित पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

खोटाङ, १ पुस । खोटाङमा प्रहरीले विभिन्न हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

साकेला गाउँपालिका १ सेखुवाको खलेबारी जंगलबाट १ थान एकनाले भरुवा बन्दुक, पेस्तोलमा लाग्ने ७ राउण्ड गोली, लामो हतियारमा लाग्ने ६६ राउण्ड गोली, भरुवा बन्दुकमा लाग्ने केही छर्रा तथा बारुद सहित सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोदरे बस्ने २२ वर्षीय केबि तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेशीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त जंगल सर्च गर्ने क्रममा ३ जना व्यक्तिहरु जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उक्त टोलीले जंगल पुनः सर्च गर्ने क्रममा बेड समेतको २ वटा टेन्ट, विभिन्न कम्पनीका १७ थान मोबाईल, ८ थान चार्जर, १७ थान सिमकार्ड, ११ थान सहयोग रसिद लगायतका बिभिन्न सरसामान फेला पारी बरामद गरेको छ ।

हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।