१० कार्तिक २०८३, मंगलबार

सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक ५ गते, केन्द्रीय समिति पुस १० मा बस्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

निकै तनावका बीच निर्धारित समयभन्दा ३ घण्टा ढिलो सुरु भएको बैठक सकिएको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले सरकारद्वारा जारी अध्यादेश फिर्ता लिने, संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको आवेदन रोक्ने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकमा स्थायी समिति बैठक ५ गते र केन्द्रीय समितिको बैठक १० गते बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।