१० कार्तिक २०८३, मंगलबार

थप ८४७ जना कोरोनामुक्त, निको हुनेको संख्या २ लाख ३८ हजार बढी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ८ सय ४७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

योसहित निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

वुधबार थप ७ सय ३६ जनामा कोरोना देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।