१० कार्तिक २०८३, मंगलबार

खुमलटार भेलाको निष्कर्ष: अध्यादेश ल्याइनु अनुचित, पार्टीमा गम्भीर छलफल हुन्छ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० मंसिर । संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि रुष्ट सत्तारुढ नेकपाका नेतालाई उक्त कदम अनुचित रहेको बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित खुमलटारमा बसेको शीर्ष नेताहरुको भेलाले अध्यादेश ल्याइनु अनुचित रहेको ठहर गरेको छ ।
छलफलमा प्रधानमन्त्री ओलीले चालेको यो कदम असंवैधानिक भन्दै पार्टी कमिटीमा गम्भीर छलफल हुने बताइएको छ ।

भेलापछि ‘बैठक जारी भएका बेला पार्टीलाई कुनै जानकारीसमेत नदिएर अध्यादेश ल्याउनुलाई हामीले गम्भीर विषयका रुपमा लिएका छौँ,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘यसबारे पार्टीमा गम्भीर छलफल गर्छौँ र निर्णय गर्छौँ ।’

मंगलबार आदेश जारी भएपछि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा भेला भएर छलफल गरेका थिए ।

नेताहरुले अध्यादेश फिर्ता लिनु पर्ने बताएका छन् ।