
काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डरीलाई भेट्न शीतल निवास पुगेका छन् ।
बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेर ओली शीतल निवास गएका हुन् ।
मंगलबार राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि पार्टी भित्र र बाहिर आलोचना भइरहेको छ ।
तर पनि संवैधानिक परिषदको बैठकले कुनै निर्णय नगरेको स्रोतको भनाइ छ । छलफलमा संवैधानिक नियुक्तिका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको जनाइएको छ ।















प्रतिक्रिया