
काठमाडौँ, ३० मंसिर । सरकारले अध्यादेश जारी गरेपछि नेकपामा तरंग पैदा भएको छ ।
यसैबीच केपी शर्मा ओलीले आफू निकट नेता सुवास नेम्वाङलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पठाएका छन् ।
आवश्यकताका आधारमा अध्यादेश ल्याइएको बताउँदै नेम्वाङ अध्यक्ष प्रचण्डलाई भेट्न पुगेको बताइएको छ ।
अध्यादेशलाई पार्टीको विवादसँग जोडेर नहेर्न पनि आग्रह गर्दै नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । त्यस्तै, अध्यादेशले कुनै समस्या नल्याउने सन्देश बोकेर नेम्वाङ प्रचण्डसँग पुगेका हुन् ।
यसैबीच प्रचण्डसहितका नेताहरुबीच खुमलटारमा छलफल विना ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने माग राख्दै छलफल भएको छ ।















प्रतिक्रिया