
काठमाडौँ, ३० मंसिर । सरकारले अचानक संवैधानिक परिषद सम्बन्धि संशोधन अध्यादेश जारी गरेपछि सत्तारुढ नेकपामा नयाँ तरंग आएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु भेला भएका छन् ।
खुमलटारस्थित भएको नेताहरुको भेलामा सरकारले छलफल नगरी अचानक जारी गरेको संवैधानिक अध्यादेश आपत्तिजनक भएको भन्दै फिर्ता हुनुपर्ने माग भएको छ ।
स्रोतका अनुसार छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् ।
त्यस्तै, प्रचण्डलाई भेट्न नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि प्रचण्ड निवास पुगेका छन् ।















प्रतिक्रिया