
काठमाडौँ, ३० मंसिर । आगलागीबाट मोरङ र सर्लाहीमा डेढ करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
मोरङको सुनवर्सी नगरपालिका २ अमरदह चोकस्थित पारस साहको पारस किराना पसलमा सोमबार राति आगलागी हुँदा घर, नगद २० लाख रुपैयाँ, ५ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड, ५ तोला सुन, लत्ताकपडा, अन्नपात र किराना सामान समेत जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमरदह, ७ वटा दमकल, सशस्त्र बेश क्याम्प सौठा, बारुण यन्त्रको टोली र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।
त्यस्तै, सर्लाहीको मलगंवा नगरपालिका(१२ गणेशिया बस्ने ४५ वर्षीय मखन प्रसाद यादवको गोठमा बालेको घुरबाट सोमबार राति आगलागी हुँदा गोठघर जलेर करिब ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
आगलागीका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया