
काठमाडौँ, ३० मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पछिल्लो समय विकास भइरहेको विश्वव्यापीकरणले संस्कृति, सहित्य र इतिहासहरुमा अतिक्रमण गरेको बताएका छन् ।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ३५ औँ प्रज्ञासभालाई सम्बोधन गर्दै भट्टाराईले यस्तो बताएका हुन् ।
उनले विद्धान प्राज्ञहरुको मेहनेत र कोसिसले देशको इतिहास, संस्कृतिको संरक्षण गर्ने बताउँदै नेपालीपन र नेपाली इतिहासको जगेर्ना गर्ने काममा प्राज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताए । भट्टराईले यस क्षेत्रमा कलम चलाउन समेत आग्रह गरे ।
नेपालको भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल कुनैपनि समृद्ध मुलुकहरुको भन्दा कम नभएको पनि मन्त्री भट्टराईले बताए ।
प्रतिष्ठानले वार्षिकउत्सवको अवसरमा कविता प्रतियोगिता गरेको थियो । ६२ औं वर्ष पूरा गरी ६३ औं वर्ष प्रवेश गरेको र ३५ औं प्रज्ञासभा आज काठमाडौंमा बसेको हो ।















प्रतिक्रिया