
काठमाडौँ, २९ मंसिर । सोमबार साँझ विश्वभर गुगल सेवामा अवरुद्ध आएको छ ।
आज साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गुगलमा अवरोध आएसँगै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् । यद्यपि, हालसम्म गुगलले भने समस्याका बारेमा टिप्पणी गरेको छैन ।
गुगलमा समस्या आएसँगै संसारभार ५४ प्रतिशत मानिसहरुले युट्युब प्रयोग गर्नबाट प्रभावित भएका छन् । त्यस्तै, कूल ७५ प्रतिशत जीमेल प्रयोग गर्नबाट प्रभावित बनेका बेलायतको मिरर अखबारले जनाएको छ ।















प्रतिक्रिया