१ कार्तिक २०८३, आइतबार

संवैधानिक परिषद्को अर्को बैठक मंगलबार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा सिफारिस गर्ने उद्देश्यले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित गरिएको छ ।

परिषद्को अर्को बैठक मंगलबार (३० मंसिर) बिहान ९ बजेका लागि बोलाइएको छ ।

बालुवाटारमा आइतबार बोलाइएको बैठक गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

परिषद्का सबै सदस्यलाई मंगलबार हुने बैठकबारेको पत्र आइतबार नै पठाइएको छ । हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त छन् ।