
काठमाडौँ, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश जारी गरेको छ ।
बस्न्यातलाई ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा दोषी ठहर्याउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उनलाई आइतबार थुनामा राख्ने आदेश दिइएको अदालतले जनाएको छ ।
उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा उनलाई अदालतले दोषी देखाएको हो ।
अदालतका न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले यस्तो आदेश जारी गरेको हो ।
अदालतको आदेशपछि उनलाई आजै डिल्लीबजार कारागार पठाइएको छ ।















प्रतिक्रिया