
काठमाडौँ, २८ मंसिर । कास्कीमा सशस्त्र प्रहरीले सेती नदीको खोचबाट एक जनाको सकुशल उद्धार गरेको छ ।
पोखरा महानगरपालिका १७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरीको टोलीले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका १७ बस्ने ३१ वर्षिय कमल योगीको उद्धार गरेको हो । योगी पैदल हिड्ने क्रममा अचानक सो नदीको खोचमा खसेका थिए ।
घटनबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक देवीलाल गोतामेको कमाण्डमा खटिएको टोलीले उनको सकुशल उद्वार गरेको हो ।















प्रतिक्रिया