
काठमाडौं, २८ मंसिर । पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
पार्टीकै नेता तथा पूर्वराजदूत कमानसिं लामासँग आर्थिक लेनदेनको प्रकरणमा मुछिएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बाँस्कोटाको तर्क छ । आज आइतबार विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
राष्ट्रियसभा सदस्य समेत रहेका प्रवक्ता श्रेष्ठले आफूमाथि आरोप लागिसकेपछि आरोप पुष्टि भए पनि वा नभए पनि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । ‘कमानसिंह लामासँगको आर्थिक विवादको आरोप लागिसकेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’, उनले भने ।
आफूले आरोप लागिसकेको २४ घण्टा नबित्दै राजीनामा दिएको बताउँदै बाँस्कोटाले गम्भीर आरोप लागेपछि जो कोहीले पनि अनुसन्धानका लागि वातावरण बनाउन राजीनामा दिइहाल्नुपर्ने उनको भनाइ छ ।















प्रतिक्रिया