२ कार्तिक २०८३, सोमबार

४६८ ग्राम अवैध यार्सागुम्बासहित ४ जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । करिब ४६८ ग्राम अवैध यार्सागुम्बा जस्तो देखिने वस्तुसहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका–५ का ५५ वर्षीय शेरबहादुर थापा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने संखुवासभा चैनपुर नगरपालिका–२ का २२ वर्षीय हिमाल गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका–६ का २४ वर्षीय बिशाल परियार र काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारी बस्ने रामेछाप हिमगंगा गाउँपालिका–७ का ५९ वर्षीय सुनिल तामाङ छन् ।

गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा अबैधरुपमा यार्सागुम्बा विक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँच गर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बा जस्तो देखिने वस्तु फेला पारी नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त वस्तु शेरबहादुरले दिएको बताएपश्चात महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेरबहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला पारी प्रहरीले शेरबहादुर समेतलाई पक्राउ गरेको बताएको छ ।

शेरबहादुरलाई उक्त वस्तु दिने हिमाललाई काठमाडौं महानगरपालिका–४ सुकेधारामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । बरामद बस्तु आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार नक्साल पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।