२ कार्तिक २०८३, सोमबार

कलंकीमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने बुद्धिबहादुर पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । ट्राफिक प्रहरीलाई १०० रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई १०० रुपैयाँ घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धिबहादुर विकलाई पक्राउ गरिएको हो । लाइसेन्स बिना ना.४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर विक भाग्न खोजेका थिए ।

तर, ट्राफिक प्रहरीले सोही बेला उनलाई नियन्त्रणमा लिएर चेक गर्दा उनीसँग लाइसेन्स नभएको पत्ता लागेको हो । आफूलाई निर्वाध छोडिदिन आग्रह गर्दै विकले प्रहरीलाई १०० रुपैयाँ घुस रकम दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।