२ कार्तिक २०८३, सोमबार

​इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग उल्भ्स पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २८ मंसिर । ​इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले उल्भ्सलाई हराएको छ ।

शनिबार राति भएको खेलमा एस्टन भिल्लाले उल्भ्सलाई १(० गोलअन्तरले हराएको हो । खेलको अन्तिम समयमा एस्टन भिल्लाले घरेलु टोलीविरुद्ध गोल गर्न सफल रह्यो ।

दोस्रो हाफको इन्जुरी समयमा एल गाजीले पाहुना टोलीका लागि विजयी गोल गरेका थिए । खेल सकिन ५ मिनेटअघि ड्युगलस लुइज रातो कार्ड खाँदै मैदान बाहिरिएपछि एस्टन भिल्ला १० खेलाडीमा सीमित बनेको थियो । तर इन्जुरी समयमा उल्भ्सका जोओ माउटिन्हो रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

प्राप्त पेनाल्टीमा गोल गर्दै एस्टन भिल्लाले तालिकामा सुधार गरेको छ । जितसहित एस्टन भिल्ला १९ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ । उल्भ्स १८ अंकसहित दशौं स्थानमा झरेको छ ।