१ कार्तिक २०८३, आइतबार

लुम्बिनी विकास कोष चरम आर्थिक संकटमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Panel indicating the Lumbini development trust office at Lumbini Nepal, marks the birth place of Siddhartha Gautam Buddha.
In 1976, the Nepalese Government and UNESCO designated Lumbini as a world heritage site.
-The full text reportage is available on request in Word format

बुटवल, २८ मंसिर । भगवान् बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर र परिसर ८ महिनापछि सर्वसाधारणका लागि खुला गरिए पनि पर्यटक आगमनको अवस्था शून्यसरह रहेको छ । वर्षभरिमा सबैभन्दा बढी पर्यटक आउने महिना मंसिर भए पनि कोरोनाको कहरले गर्दा यो महिना शून्यसरह रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

विशेष गरी लुम्बिनीमा नोभेम्बरदेखि मार्च महिनासम्म पर्यटक तथा तीर्थालु आउने महिना भए पनि कोरोना कहरले यी महिनामा अन्तर्राष्ट्रिय नाका, सीमावर्ती स्थलनाका र नेपालमा लकडाउन हुँदा लुम्बिनीमा प्रवेश निषेध भएकाले ठूलो आर्थिक संकट परेको छ ।

सरकारी स्वामित्वको लुम्बिनी विकास कोष भए पनि सरकारले केवल लुम्बिनीमा भौतिक पूर्वाधार निर्माणका लागि मात्र बजेट उपलब्ध गराउने र अन्य प्रशासनिक तथा चालू खर्च भने विकास कोषले आन्तरिक आम्दानीबाट व्यवस्था गर्नुपर्ने भएकाले निकै आर्थिक समस्या भएको कोषका सदस्य सचिव सानुराज शाक्यले बताउनुभयो ।

चालू खर्चतर्फ मासिक १ करोड रुपियाँ खर्च आउने लुम्बिनी विकास कोषमा ८ महिनासम्म १ रुपियाँ पनि आम्दानी नहुँदा निकै समस्या भएको र कोषमा काम गर्ने ज्यालादारी कर्मचारीलाई महिनामा केवल १५ दिनको मात्र तलब उपलब्ध गराउने गरेको सदस्य सचिव शाक्यले बताउनुभयो । कोषमा दैनिक ज्यालादारी, करार र स्थायी गरी २ सय ६० जना कर्मचारी कार्यरत रहेका छन् ।

कोषमा रहेको मौज्दात रकमबाट ८ महिनाको खर्च जेनतेन व्यवस्थापन गरिएको र अब पनि यो अवस्था लम्बिएमा कोषमा आर्थिक संकट उत्पन्न हुने समेत सदस्य सचिव शाक्यले बताउनुभयो ।

लुम्बिनीस्थित मायादेवी मन्दिर खुला भएको २४ दिन बित्दा पनि एक जना पनि विदेशी पर्यटक आउन सकेका छैनन् भने रुपन्देही, कपिलवस्तु र नवलपरासीका मात्र दैनिक ९ सयजति पर्यटक आउने गरेका छन् । यी ३ जिल्लाका पर्यटकलाई लुम्बिनी भ्रमण गर्न र निरीक्षण गर्न कुनै शुल्क नलाग्ने भएकाले पनि पर्यटक आए पनि आम्दानी शून्यसरह नै रहेको कोषका सूचना अधिकारी राजन बस्नेतले बताउनुभयो ।

यही मंसिर ३ गतेदेखि सर्वसाधारणका लागि लुम्बिनी परिसर खुला गरिएको २१ गतेबाट मन्दिर क्षेत्र पनि खुला भए पनि २४ दिनमा केवल रुपन्देही कपिलवस्तु र नवलपरासीका मात्र २२ हजार आन्तरिक पर्यटकले लुम्बिनी अवलोकन गरेको सदस्य सचिव शाक्यले बताउनुभयो ।

यसअघि मंसिर ३ गतेदेखि मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि खुला गरिएको थियो । यमलाल भुसालले नेपाल समाचार पत्र दैनिकमा खबर छापेका छन् ।