
भक्तपुर, २७ मंसिर । भक्तपुर नगरपालिका ४ राममन्दिर र चाँगुनारायण नगरपालिका ९ ताथलीबाट ३ थान मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका-८ बस्ने दोलखा सैलुङ गाउँपालिका २ घर भएका २३ वर्षीय सोनाम वाईबा, सोही ठाउँ बस्ने १९ वर्षीय फुर्बा घिसिङ, १८ वर्षीय किशोर र भक्तपुर पुरानोठिमी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ घर भएका २१ वर्षीय जिवन तामाङ रहेका छन् ।
मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका ९ ताथलीमा जाँच गर्दा चोरी भएको बा. ८३ प ७७७३ नम्बरको मोटरसाइकल सहित सोनाम र फुर्बालाई बिहीबार राति तथा प्र.३-०२-००८ प ७५८५ र प्र.३-०२-०१४ प ०५९४ नम्बरका मोटरसाइकल सहित सूर्यविनायक नगरपालिका ८ सूर्यविनायकबाट अन्य २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट चोरी कसूरमा ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान तथा कारवाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।















प्रतिक्रिया