काबुल, १२ चैत । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित जिल्ला प्रहरी प्रमुख कार्यालय र राष्ट्रपति भवननजिकै बुधबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
यस आक्रमणमा परी अन्य २२ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
राजधानीमा अवस्थित अस्पतालका प्रमुख सयेद कबीर आमीरीले एएफपी समाचार समितिलाई सो आक्रमणमा सात व्यक्तिको मृत्यु हुृनुको साथै महिला र बालबालिकासहित अन्य २२ जना घाइते भएका बताउनु भएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन् । तर यस्ता आक्रमणहरू यसभन्दा अगाडि पनि तालिवान आतङ्ककारी समूहले गराउँदै आएको हुनाले यस आक्रमण पनि सो आतङ्ककारी समूहले गराएको हुनुपर्ने प्रहरीले दाबी गरेका छन् ।
अफगानिस्तानमा सन् २०१४ मा तालिवानले जारी राखेको द्वन्द्वमा परी तीन हजार ७०० व्यक्तिको मृत्यु भएको छ । साथै सो आक्रमणबाट अन्य छ हजार ८०० व्यक्ति घाइते भएका संयुक्त राष्ट्र सङ्घद्वारा गत महिना प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ । रासस÷एएफपी














प्रतिक्रिया