
काठमाडौँ, २७ मंसिर । तराईमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्न थालेको छ ।
शनिबार रौतहटमा चिसोका कारण कठ्याङ्ग्रिएर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरीया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका ६५ वर्षीय सुखारी सिंह रहेका छन् ।
मृतक सिंह श्रीमतिसँगै चन्द्रपुर बजारस्थित घनश्याम साहको घरको पेटीमा बस्दै आएका थिए ।
सोही घरको पेटीमा सुतेको ठाउँमा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु मागेर गुजारा चलाउने गर्थे । सिंहकी श्रीमती दृष्टिविहीन भएकाले अब उनको विचल्ली भएको छ ।















प्रतिक्रिया