१० कार्तिक २०८३, मंगलबार

९ महिनापछि भोटेकोशीमा सुरु भयाे बञ्जी जम्प

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, २७ मंसिर । कोरोनाभाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले जानकारी दिए ।

विसं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बञ्जी जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ । देशमा बन्दाबन्दी लागू हुनुअघि दैनिक १०० जनासम्म आउने गरेका थिए । बञ्जीका लागि युवायुवती बढी आकर्षित हुने गरेको पाइन्छ ।

बञ्जीका लागि स्वदेशीलाई रु छ हजार र विदेशीलाई नौ हजार २०० दस्तुर लिने गरिएको छ । बञ्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ । –रासस