
काठमाडौँ, २७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जना कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप १ हजार सय ३ सय ५९ जना कोरोनामुक्त भएको जनाएको छ ।
योसहित निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७२ जना पुगेको छ ।
२४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया