१० कार्तिक २०८३, मंगलबार

करिब ९ सय जनामा कोरोना, १५ जनाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७२ जना पुगेको छ ।

२४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ जना पुगेको मन्त्रालयले जनाएको छ ।